सरर पानी जहाजैमा

सरर पानी जहाजैमा
सुन्नुहोस्

वैशाख महिनाको प्रचण्ड गर्मी। सप्तकोसीको खोचमा झन् उखरमाउलो गर्मी छ। सप्तकोसीमा भेला भएका आन्तरिक तथा बाह्य पर्यटकलाई गर्मीको कुनै प्रभाव छैन यतिखेर। किनभने उनीहरू पानी जहाजमा सरर हुईंकिँदै सेल्फी र फोटो खिच्नमा व्यस्त देखिन्छन्। कोही प्रचण्डगर्मी भगाउन सप्तकोसीमा लाइफ ज्याकेट लगाएर पौडिरहेका छन्। यतिबेला यस्तै दृश्य देख्न पाइन्छ सप्तकोसीमा। 

पर्यटकहरूको सुविधाका लागि विभिन्न निजि कम्पनीहरूले १४ वटा पानी जहाज खरिद गरी सप्तकोसी नदीमा सञ्चालन गरिरहेका छन्। यसले गर्दा सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने चतरास्थित सप्तकोसी नदीमा पानी जहाजमा चढ्न आउनेहरूको भीड लाग्न थालेको छ। 

सप्तकोसीमा सञ्चालनमा आएका पानी जहाज (जेटबोट) मा कोही रहरले चढेर मज्जा लिइरहेका छन् भने कोही यातायातको साधनका रूपमा प्रयोग गरेर गन्तव्यमा ओहोरदोहोर गरिरहेका छन्। पहाडी जिल्लाहरू भोजपुर, खोटाङ, धनकुटा र उदयपुरको उत्तर पूर्वका बासिन्दाहरूलाई सप्तकासीमा पानी जहाज सञ्चालनमा आएसँगै तराई झर्न भने सहज भएको छ।  यातायातका साधनमा ५/६ घण्टा लाग्ने समय यहाँका बासिन्दालाई पानी जहाजले आधा घण्टामै पूरा गरिदिन थालेको छ। 

सुनसरीको चतरादेखि धनकुटाको आहाले हुँदै भोजपुरको सिम्ले र हलेदेसम्म पानी जहाज सञ्चालनमा आएको छ। पानी जहाज सञ्चालन भएसँगै भोजपुरको दक्षिणी क्षेत्र र धनकुटाको पश्चिम क्षेत्र र उदयपुरको उत्तर पूर्वका बासिन्दालाई तराईका सुनसरी, मोरङ र झापा जिल्ला झर्न सहज भएको छ। पानी जहाज सञ्चालक अनिल सुब्बाले दैनिक सप्तकोसीमा २ हजार जनासम्मले पानी जहाज चढेर यात्रा गर्ने गरेको बताए। 

जसमा आधा जति आन्तरिक पर्यटक र आधा भोजपुर धनकुटाका सर्वसाधारणले यातायातको साधनका रूपमा पानी जहाज चढ्ने गरेको उनले बताए। पानी जहाज चलाउन १४ जना चालक (पाइलट) र सहचालक राखेर दैनिक सञ्चालन गर्दै आएका छन्। 

पानी जहाजमा चतरादेखि बराहक्षेत्र मन्दिरसम्मको भाडा भने एक हजार तोकिएको छ। त्यस्तै चतरा–त्रिबेणीसम्म एक हजार २ सय र भोजपुरको सिम्ले, हलेदेसम्म एक हजार ४ सय भाडा निर्धारण गरिएको संचालक सुब्बाले बताए। सप्तकोसीमा २०६६ सालदेखि पानी जहाज सञ्चालनमा आएको हो। २०७३ देखि सप्तकोसीमा नियमित रुपमा पानी जहाज सञ्चालनमा आएको छ। 

सप्तकोसीमा पानी जहाज सञ्चालनमा आएसँगै जल यातायातमा रमाउने पर्यटकको संख्यामा वृद्धि भएको नेपाली कांग्रेस बराहक्षेत्रका कार्यबाहक सभापति युवराज श्रेष्ठले बताए। जसले गर्दा चतराको पर्यटन विकासमा थप टेवा पुगेको उनको भनाइ छ। 

पर्यटन व्यवसाहीले पर्यटन तथा संस्कृति मन्त्रालयमा कम्पनी दर्ता गरी १४ वटा मोटरबोट र जेटबोट सञ्चालन गर्दै आएका छन्। सप्तकोसीमा नेपाल रिभर ट्रान्सपोर्ट, कोसी एड्भेन्चर प्रालि, दन्तकाली जलविहार प्राली, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि नेपाल, माउन्ट ८८४८, बरुण जल यातायातले चतरादेखि बराहक्षेत्र मन्दिर हुँदै धनकुटाको सिम्ले र भोजपुरको कोप्चेसम्म पानी जहाज बोट चलाउँदै आएका छन्।  

पानी जहाज चालक सुजन श्रेष्ठले सर्वसाधारणलाई जलयातायातको सेवा सुविधा दिन र पर्यटकलाई मनोरन्जन दिलाउन करोडौं लगानी गरेर मोटर बोट र जेटबोट सञ्चालन गरिएको भए पनि सप्तकोसीको विभिन्न स्थानमा अप्ठेरो भएका कारण पानी जहाज सञ्चालनमा गम्भीर समस्या भएको बताए। 

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला ०७५ माघ ३ गते मन्त्रिपरिषद्को बैठकले ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालय स्थापना गरेको भए पनि उक्त कार्यालयले पानी जहाज सञ्चालनका लागि महत्वपूर्ण काम भने गर्न सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.