परराष्ट्रका कर्मचारी बेगनासतालमा मृत भेटिए
पोखरा : परराष्ट्र मन्त्रालयका कर्मचारी बेगनासतालमा मृत भेटिएका छन् । मन्त्रालयका नायव सुब्बा उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास तालम मृत भेटिएको कास्की प्रहरीले बताएका छ ।
सोमबार बिहान साढे ८ बजे डुंगाघाटभन्दा ४ सय मिटर टाढा पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घट्नास्थलमा पुगेर तैरिरहेको शव निकालेर हेर्दा साथमा भेटिएको परिचयपत्रका आधारमा भण्डारीको पहिचान खुलेको जिल्ला प्रहरी कार्याल कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनी राहादानी विभागमा कार्यरत थिए ।
उनको साथबाट जहाजको टिकट पनि भेटिएको प्रहरीले बताएको छ । भण्डारी आइतबार जहाजबाट पोखरा आएको पाइएको हो । भण्डारीको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ ।
उनको मृत्यु कसरी भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस !
४