सांसदको आचरण कस्तो ?

इजलास

सांसदको आचरण कस्तो ?
सुन्नुहोस्

सांसदहरूको चरित्र निर्माण गर्ने कुरामा राजनीतिक दलको ठूलो भूमिका र जिम्मेवारी हुन्छ। त्यही भएर राजनीतिक दलहरू पनि ‘म्याचुयर्ड’ हुन जरुरी छ।

सांसद जनप्रतिनिधि हुन्। जसले समाजलाई राम्रोसँग बुझेको हुनुपर्छ। अनि, बुझाउन सक्नुपर्छ। जनताले दुःख पाउँदा त्यो अनुभूति उनीहरूमा हुनुपर्छ र उक्त विषय संसद्मा राख्न सक्नुपर्छ। तर, पछिल्लो समय कतिपय अवस्थामा सांसदसमेत ‘सर्वेसर्वा’ बन्ने सोचमा देखिन्छन्। आफ्नो कर्तव्य केहीले भुलेका छन्। 

सोमबार सदनमै अर्धनग्न बनेर विरोध गरेका सांसद अमरेशकुमार सिंहले देखाएको दृश्यले सामाजिक सञ्जाल ततायो। एकजना सांसदले बोल्न पाइनँ भनेर लुगा खोलेर विद्रोह गर्नु कति उचित हो ? राजनीति क्षेत्रमा मात्रै होइन यो देश, विदेशमा चर्चाको विषय बनेको छ। यसबाट नागरिकले के बुझ्छन् ? अहिलेका युवा पुस्ताले हामीले मागेको कुरा पाएनौं भने लुगा खोलेर विद्रोह गर्ने भन्ने नै बुझ्ने भएनन् त ? संसद्मा त महिला सांसदहरू पनि हुनुहुन्छ। उहाँहरूको अगाडि लुगा खोल्नु भनेको लैंगिक हिंसा भएन र ? सांसदको गरिमाको विषयमा पनि त ठूलो आघात भयो। समाजले पचाउन नसक्ने व्यवहार उहाँले संसद्मै देखाइदिनुभयो।

हामी भ्रष्टाचारको विरोध गर्छौं। भ्रष्टाचारविरुद्ध ठूल्ठूला कुरा गर्ने हामीले यसो गर्नु आफैंमा भ्रष्टाचार भएन र ? संसद्को गरिमा बिर्सिएर यस्तो हर्कत गर्नु भनेको चानचुने काम होइन। सभामुखले नियमकानुन समातेर जे गर्नुपर्ने हो त्यो काम गर्न चुक्नु हुँदैन। 

मेरो प्रतिनिधिले मेरो र समाजका लागि आवश्यक कानुन बनाउँछ। सेवासुविधा सहज ढंगले प्रवाह गर्छ र देशको समग्र विकास गर्छ भनेर जनताले मत दिएका हुन्। यो भुल्नु हुँदैन। नेपालमा अन्य देशको जस्तो ‘कोड अफ कन्डक्ट’ भनेर राखिएको छैन। यो एकदम खड्किएको विषय हो। अर्कोतर्फ उहाँहरू नेपालका राजनीतिक पार्टीबाट जितेर अथवा छानिएर आउनुहुन्छ। त्यसैले त्यो पार्टीको पनि भूमिका हुन्छ कि आफ्ना सांसदहरूलाई एउटा व्यवहार वा चरित्रमा राख्नु।

सांसदहरूको चरित्र निर्माण गर्ने कुरामा राजनीतिक दलको ठूलो भूमिका र जिम्मेवारी हुन्छ। त्यही भएर राजनीतिक दलहरू पनि ‘म्याचुयर्ड’ हुन जरुरी छ। नयाँ अनुहारहरू सदनमा देखिएका छन्। सबै जवाफदेही बन्नुपर्छ । कति नयाँ सांसदले लोकतन्त्र बुझेका छन् ? सभ्य छन् ? त्यो आफैं पनि एउटा प्रश्न होला। नयाँ आउनेहरू केही होइनन्, केही जान्दैनन् भन्न खोजिएको होइन। तर, तिनले जान्नु, बुझ्नु र गर्नुपर्ने विषय जे हो त्यो सबैमा नदेखेकै कारण यस्ता प्रश्न उब्जिएका छन्। यो हुनु किन सामान्य र स्वाभाविक पनि हो भने कतिपय राजनीतिक पार्टीहरूले जो पनि मान्छेलाई टप्प टिपेर सांसद बनाउने चलनको नतिजा हो। पार्टीले पनि आचारसंहिता उल्लंघन गर्ने सांसदहरूलाई दण्डित गर्न सक्नुपर्छ। 

(राष्ट्रियसभा सदस्य पौडेल, पूर्वपरराष्ट्रमन्त्री हुन्)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.