सुशासन कायम गर्न अन्तिम लडाइमा छु : प्रचण्ड

सुशासन कायम गर्न अन्तिम लडाइमा छु : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले तीन विषयमा मुख्यरुपमा काम गरिरहेको बताएका छन् । काभ्रेको महाभारत गाउँपालिकामा सडक शिलान्याश कार्यक्रममा पुगेका प्रचण्डले सरकारले समाजिक न्याय, सुशासन र विकास निर्माणमा काम गरिरहेका बताएका । 

आफ्नो नेतृत्वमा रहेको सरकारले यी विषयमा विशेषरुपले काम गरिरहेको बताउँदै सुशासन कायम गर्नका लागि नयाँ लडाइमा रहेको बताए । सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिले सरकारले कदम चालिरहेको उनको भनाइ  छ। उनले यो कदममा विगतमा जस्तो सरकारलाई जनता र पार्टीको सहयोग चाहिने  बताए ।

सुशासन कायम गर्ने विषयमा अघि बढेका कामहरूमा सरकार पछि नहट्ने समेत प्रचण्डले उद्घोष गरे ।  महाभरत गाउँ पालिकामा विद्युतको केन्द्रीय प्रसारण लाइन उद्धघाटन गर्दै प्रचण्डले छिटै भारतको भ्रमण गर्ने र विद्युत क्षेत्रको विषयमा छलफल अघि सार्ने बताए । 

'हामी अहिले  विद्युत उत्पादन गरेर भारतलाई बिक्री गरिरहेका छौं, अब विद्युत उत्पादन वृद्धि गरेर छिटै अन्य मुलुकमा समेत बिक्राका लागि पहल गर्नेछौं,' उनले भने ।

काभ्रे र सिन्धुलीको सिमाना भएर बग्ने कोखाजोर खोलामा जलासयसहितको एक सय १० मेगावाटको विद्युत उत्पादनको विषयमा सरकारले काम गर्ने बताए।  हिजो विभेदमा परेको क्षेत्रलाई अगाडि बढाउने नीति लिएको पनि दाहालले बताए ।

विकासमा पछाडि परेका क्षेत्रलाई प्राथमिकतामा राखेर विकासमा काम अगाडि बढाएको बताउँदै त्यही अनुरुप महाभारत गाउँपालिकाको पनि पहिलाका र अहिलेको तुलनामा फरक पाएको उनले बताए । अबको दुई वर्षमा कुनैपनि घर विद्युतविहीन नहुने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.