गोर्खा रारा गोल्डकप : डाँडाबजार फाइनलमा

गोर्खा रारा गोल्डकप : डाँडाबजार फाइनलमा
सुन्नुहोस्

धनकुटा : डाँडाबजार फुटबल क्लब राजारानीमा जारी १० औं गोर्खा स्ट्रङ रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। 

मंगलबार सम्पन्न सेमिफाइनल खेलमा सुनसरीको तालतलैया एकेडेमीलाई ट्राइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै डाँडाबजार फाइनलमा प्रवेश गरेको हो। 

निर्धारित समयको खेल एक/एक गोलको बराबरीमा सकिएपछि ट्राइब्रेकरमा धकेलिएको थियो। ट्राइब्रेकरमा डाँडाबजारको तर्फबाट सिशष थापा, निरज थापा मगर, विशाल भण्डारी र ओशकरले गोल गरेका थिए। 

त्यस्तै तालतलैयाको तर्फबाट रोमन तामाङ र विवश गुरुङले गोल गरे भने। प्रेमा तामाङ र रोमन भूजेलको प्रहार डाँडाबजारका गोलकिपर प्रमिजय गच्छदारले रोके। पहिलो हाफमा दुवै टिमको गोल हुन सकेन। 

खेलको ७९ औं मिनेटमा फोफोनाले गोल गर्दै तालतलैयालाई अग्रता दिलाए। तर खेलको अन्त्यतिर ९० औं मिनेटमा विशाल भण्डारीले गोल गर्दै खेल वरावरीमा ल्याए। त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन। खेल ट्राइब्रेकरमा धकेलियो। 

खेलको म्यान अफ द म्याच डाँडाबजारका विशाल भण्डारी घोषित भए। उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरे। बुधबार प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल सहलेश यूथ क्लब सिराहा र पथरी फुटबल क्लब मोरङ बीच हुने प्रचारप्रसार संयोजक सविन अधिकारीले बताए। 

भोलीको सेमिफाइनल विजेताले बिहीबार हुने फाइनल खेलमा डाँडाबजार फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। 

राजारानीमा लाग्ने ऐतिहासिक चण्डी पूर्णिमा मेलाको अवसर पारेर आयोजना भएको गोल्डकपको विजेताले नगद तीन लाख रुपैयाँ सहित रारा गोल्डकपको ट्रफी र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक रारा क्लबका अध्यक्ष मणि चेम्जोङले बताए। 

विधागत रूपमा उत्कृष्ट हुने खेलाडीहरूले जनही नगद १० हजार रुपैयाँ ट्रफी र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.