मेयर र वडाध्यक्षबीचको टकरावले अशान्त बन्यो धरान, सुरक्षामा समेत खतरा

मेयर र वडाध्यक्षबीचको टकरावले अशान्त बन्यो धरान, सुरक्षामा समेत खतरा

धरान : धरानका जनप्रतिनिधिहरूको विवादका कारण धरान अशान्त बनेको छ। धरानका मेयर हर्कराज राई (साम्पाङ) र अधिकांश वडाध्यक्षहरूको विवादका कारण धरानमा सुरक्षामा खतरा भएको छ। 

मेयर राईका समर्थक र वडाध्यक्षहरूका समर्थकहरू भौतिकरूपमा एक अर्कामा आक्रमणमा उत्रिएपश्चात धरानमा सुरक्षा खतरा बढेको हो। धरान उपमहानगरपालिकाका मेयर राईले कार्यपालिका सदस्यलाई बैठकमा बोल्न नदिएर अभद्र व्यवहार गरेको र सोकीय सचिवलाई पत्र लेख्न लगाएर वडाको विवरण मागेपछि धरानमा मेयर र वडाध्यक्षको इगोले कार्यपालिका बैठक बस्न सकेको छैन। 

श्रमदानबाट धरानमा कोकाहा खोलाबाट पानी ल्याउ अभियान सुरु गरेका मेयर राईले वडाध्यक्षहरूलाई गुइँठे भन्ने र वडाध्यक्षले मेयर राईलाई धकुले भन्न थालेपछि उनीहरूबीचको विवादले उग्र रुप लिएको छ। 

दुबै समूहको विवादका कारण सोमबार धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईलाई मेयर राईको समुहले कार्यालयमै आक्रमण गरेका थिए। तत्काल प्रहरी वडा कार्यालयमा पुगेपछि कुनै अप्रिय घटना हुन नदिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले बताए। उनले वडाध्यक्ष भट्टराईलाई आक्रमण गर्ने धरान १७ का ललित राई,  गोविन्द श्रेष्ठ र लाक्पातेन्जिङ शेर्पालाई पक्राउ गरी जिल्ल अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान थालिएको बताए। वडाध्यक्ष भट्टराईलाई आक्रमण गर्नेलाई पक्राउ गरेपश्चात मेयर राईले उनीहरूलाई छुटाउन दबाब दिएको प्रहरी स्रोतले बताएको छ। 

नागरिक समाजका अगुवा डा. राजेन्द्र शर्माले जनप्रतिनिधिले एकअर्कामा इगो लिएका कारण धरानमा सुरक्षा थ्रेट बढेको बताए। उनले धरानका सबै जनप्रतिनिधिलाई एकअर्कामा सहमति, सहकार्य गरेर धरानको विकासमा एकढिका हुन सुझाव दिए। धरानमा मेयर राईविरुद्ध कांग्रेस, एमाले, जसपा, एकीकृत समाजवादीलगायत दलहरू पनि खुलेर लागेका छन्। 

जसपाका धरान अध्यक्ष ताजुव लिम्बुले मेयर हर्कराज राईको अवैधानिक, अराजक र असंवैधानिक कामका कारण धरानको विकास प्रभावित भएको बताए। उनले मेयर राईलाई विधि, प्रक्रियालाई टेकेर धरानको हितमा काम गर्न सुझाव दिए। धरानका अधिकांश वडाध्यक्षले मंगलबार प्रेस विज्ञप्ति जारी गरी धरान १७ का वडअध्यक्षलाई आक्रमण गर्ने र आक्रमण गर्न लगाउनेलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। 

धरान १५ का वडाध्यक्ष नरेश इवारमले मेयर राईले नै वडाध्यक्षलाई आक्रमण गर्न लगाउने र गैरकानुनी काम गर्न लगाएको आरोप लगाए। उनले मेयर राईले विधि र प्रक्रियालाई लत्याएर गतिविधि गरेकाले वडाध्यक्षहरू कार्यपालिका बैठकमा सहभागी नभएको बताए। 

धरान १७ का वडाध्यक्ष भट्टराईले कार्यपालिका बैठकमा विधि र प्रक्रियाको कुरा उठाउँदा मेयर राईले आफ्ना समर्थकलाई उचालेर आफूलाईआक्रमण गर्न लगाएको आरोप लगाए। उनले आफूलाई आक्रमण गर्न लगाउने मेयर राईलाई समेत पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। धरानका उपमेयर अईन्द्र विक्रम बेघाले मेयर साम्पाङलाई वडाध्यक्षलाई सहमतिमा ल्याएर कार्यपालिका बैडक सुचारु गर्न अनुरोध गरेका छन्। उनले वडाअध्यक्षमाथि गरिएको आक्रमण अत्यन्तै गलत भएको भन्दै खेद व्यक्त गरेका छन्। 

धरान नगरपालिकाको कार्यपालिका बैठक बस्न नसकेको र वडाअध्यक्षलाई आक्रमण गर्न लगाएको विषयमा मेयर राईलाई पटक-पटक फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले जनप्रतिनिधिहरू नै एकआपसमा आक्रमणमा उत्रिनु कानुन विपरित भएको बताइन्। उनले कानुन विपरित काम गर्ने जोकोहीलाई पनि पक्राउ गरी कडा कारबाही गर्ने चेतवनी दिएकी छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.