अमेरिकामा ४ महिनामा २०७ गोलीकाण्ड

अमेरिकामा ४ महिनामा २०७ गोलीकाण्ड
फाइल तस्बिर।
सुन्नुहोस्

वासिङ्टन (एएनआई) : अमेरिकामा सन् २०२३ को मे ७ सम्ममा २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ।  सन् २०१३ यता २०२३ को 

चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको छ। 

अमेरिकामा सामूहिक गोलीबारीहरू सीएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो। गैरसैनिकले पनि सहज रूपमा बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा अपत्यारिला र अप्रत्यासित गोलीकाण्ड हुने र निहत्था व्यक्तिको ज्यान जाने क्रम बढ्दो मात्रामा छ। सम्बन्धित हिंसा ट्र्याक गर्न सन् २०१३ मा गठन गरिएको यो एक गैरलाभकारी समूह हो।     

अमेरिकाको लस भेगासस्थित भोन टोबेल मिडिल स्कुलमा गोली चल्दा एकजना घाइते भएको लस भेगास महानगरीय प्रहरीले सोमबार (स्थानीय समय) बताएको छ। 

लस भेगास मेट्रोपोलिटन प्रहरीले लस भेगास गोलीकाण्डको अनुसन्धान गरिरहेको छ। गोली लागेर घाइते भएका व्यक्तिलाई युनिभर्सिटी मेडिकल सेन्टर लगिएको छ।     

लस भेगास मेट्रोपोलिटन पुलिसका अनुसार घटना अझै सेलाएको छैन। लस भेगास मेट्रोपोलिटन पुलिसले यसको आधिकारिक ट्विटर ह्यान्डलमा लेखेको छ– ‘हामी भोन टोबेल मिडलमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेका छौं।’     

यसअघि डलासको बाहिर एउटा मलमा शनिबार भएको गोलीकाण्डमा बन्दुकधारीसहित कम्तीमा ९ जनाको मृत्यु भएको स्थानीय प्रहरीका अनुसार द हिलले जनाएको छ। एलेन फायर डिपार्टमेन्टले ९ जनालाई क्षेत्रीय अस्पतालमा पुर्‍याएको एलेन फायर डिपार्टमेन्टका प्रमुख जोनाथन बॉयडले बताएका छन्। एलेन प्रिमियम आउटलेटमा ७ जनाको घटनास्थलमा मृत्यु भएको थियो र अन्य दुईलाई अस्पतालमा मृत घोषित गरिएको थियो।     

अन्य तीन जनाको अवस्था गम्भीर रहेको द हिलले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.