डडेल्धुरामा झाडापखालाबाट एक बालिकाको मृत्यु
डडेल्धुरा : डडेल्धुराको परशेराम नगरपालिकामा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । परशुराम नगरपालिका- ८ कि १४ वर्षीय संगीता धामीको मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
केही दिनदेखि बिरामी रहेकी धामीलाई मगंलबार बिहान जोगबुढा अस्पताल पुर्याइएको थियो। धामीको झाडापखालाकाबाट मृत्यु भएको जोगबुढा अस्पताका प्रमुख डा .जितेन्द्र चौधरीले जनाएका छन् ।
संगीताको शरीरमा पानीको मात्रा निकै कम भएको अवस्थामा थप उपचारका लागि धनगढी रेफर गरेकोमा उनको बाटोमै मृत्यु भएको हो । यस्तै,सोही गाउँका अन्य तीनजना बिरामीसमेत झाडापखालाका कारण अस्पताल भर्ना भएका छन् । घुम्तेगडा गाउँमा झाडापखाला फैलिएको आशंका गरिएको छ।
घुप्तेगडामा झाडापखाला संक्रमण फैलिएको खबर पाएपछि जोगबुडा अस्पतालबाट स्वास्थ्यकर्मीको टोली उक्तक्षेत्रमा खटिएको परशुराम नगरपालिकाको स्वास्थ्य शाखा संयोजक तेजबहादुर सिंहले जानकारी दिए । औषधिसहित स्वास्थ्यकर्मी उक्त क्षेत्रमा पठाइको छ ।