बालकृष्ण खाँणलाई जिल्ला अदालतमा पेस गरिँदै
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई अदालतमा पेस गरिएको छ।
काठमाडौं महानगरीय प्रहरी परिसरले म्याद थपका लागि नेता खाँणलाई जिल्ला अदालतमा पेस गरेको हो।
अदालतबाट म्याद थपिएपछि उनीमाथि थप अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ। खाँणको आजै स्वास्थ्य परीक्षणसमेत गरिएको थियो।