कालिकोटका कृषि उत्पादन अब विश्व बजारमा

कालिकोटका कृषि उत्पादन अब विश्व बजारमा
सुन्नुहोस्

वीरेन्द्रनगर : कालिकोटको तिलागुफा नगरपालिकाले यहाँका स्थानीय उत्पादनलाई विश्व बजारमा बजारीकण गर्ने भएको छ। नगरपालिकाले गाउँका किसानको अर्गानिक उत्पादन सोझै उपभोक्ताको पहुँचमा पुगाउन खोलिएको मुना कृषि लिमिटेडसँग सम्झौता गरी यहाँका स्थानिय उत्पादनलाई विश्व बजारमा बजारीकण गर्ने थालेको हो।

तिलागुफा नगरपालिका प्रमूख शंकरप्रसाद उपाध्याय र मुना कृषि लिमिटेडका अध्यक्ष युवराज गुरुङबीच दुई पक्षीय सम्झौता गरी तिलागसफाका रैथानी बालीहरू बजारीकरण गर्न तिलागुफा नगरपालिका वडा नं १ नाग्म बजारमा शाखासमेत खोलिएको छ। मुना कृषि लिमिटेडका अध्यक्ष युवराज गुरुङ, सितादेवी पाण्डेसहितको टोली कृषि उपज बस्तु रैथाने बालिहरुलाई संरक्षण, सम्बर्द्धन गरी बजारको ग्यारेन्टी गर्ने र तिलागुफा नगरपालिकालाई व्यावसायीकरण गर्ने उद्देश्यले तिलागुफा नगरपालिकामा नगरप्रमुख शंकरप्रसाद उपाध्याय, उप प्रमुख महेन्द्रबहादुर शाही लगायतको टोलीले दुई पक्षिय अन्तरक्रिया गरी नगरपालिका भित्र हुने कृषि उत्पादन वृद्धि गर्ने र बजारको सुनिश्चितता गर्ने प्रतिबद्धता पनि जनाएका छन्। 

मुना कृषि लिमिटेड र तिलागुफा नगरपालिकाबीच २०७९ चैत ८ गते तिलागसफाका स्थानिय उत्पादन बजारीकरण गर्नका लागि ५ वर्षे दुई पक्षीय सम्झौता भएको थियो। स्थानीय कृषि उपजको संकलन वैज्ञानिक एवं आधुनिक प्रशोधन गरी विश्व बजारमा बजारीकरण गर्ने उद्देश्यसहित मुना कृषि लिमिटेडको शाखा नै तिलागुफामा स्थापना गरिएको मुना कृषि लिमिटेडका अध्यक्ष युवराज गुरुङले बताए। उनका अनुसार कर्णाली बाट अहिले ३३ प्रकारका रैथाने बालीहरूको संकलन एवं बिक्री वितरण भइरहेको छ।

गैर आवासीय नेपाली संघद्वारा सञ्चालित यस मुना कृषि लिमिटेडमा एनआरएनको कृषि प्रवर्द्धन समिती, राष्ट्रिय कृषक समूह महासंघ, बाग्मती प्रदेश सरकार, काठमाडौं महानगर पालिका, ललितपुर महानगर पालिकाको समेत सहकार्य छ। जुन सहकार्यमा कर्णालीबाट तिलागुफा नगरपालिका पनि जोडिएको हो। बजार सुरु गरेको ९ महिनामा ५३ जिल्लाबाट कृषि बस्तु ल्याउन सुरु गरेको यस मुना कृषि लिमिटेडले अब चाडै ७७ जिल्लाको कृषि बस्तु बजारमा ल्याउने लक्ष्य राखेको अध्यक्ष गुरुङले बताए। 

तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले मुना कृषि लिमिटेडसँगको सहकार्यले तिलागुफाको कृषि उत्पादनले बजार पाउने निश्चित भएको बताए। उनले भने, 'कृषिजन्य बस्तु उत्पादनका हिसाबले प्रचुर सम्भावना बोकेको तिलागुफाको कृषि उपजले बजार नपाइरहेका बेला मुना कृषि लिमिटेडले बजारको सुनिश्चितता गर्ने प्रतिबद्धतासहित शाखा विस्तार गरेसँगै किसानलाई ठूलो राहत महसुस भएको छ। अब किसानले उत्पादन गरेको बस्तु कुहिएर जादैन। विगतमा यहाँको स्याउ, सिमी, आलुलगायतका अन्य तरकारीजन्य बाली बजारकै समस्याले खेर जाने गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.