पाकिस्तानमा पूर्वविदेशमन्त्री शाह महमूद कुरैशी पनि पक्राउ‍

पाकिस्तानमा पूर्वविदेशमन्त्री शाह महमूद कुरैशी पनि पक्राउ‍
सुन्नुहोस्

इस्लामाबाद : पाकिस्तानमा पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक-ए-इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्। कुरैशीलाई प्रहरीले बुधबार पक्राउ गरेको बीबीसीले जनाएको छ। पूर्वप्रधानमन्त्री इमरान खान पछि पीटीआईका नेताहरूलाई गिरफ्तार गर्न थालिएको हो। 

गिरफ्तार हुनुभन्दा अघि उनले रिकर्ड गरेको भिडिओमा भनेका छन्, 'मलाई गिरफ्तार गर्न प्रहरी आइपुगेको छ। म एउटा सन्देश दिन चाहन्छु। यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ। आज इमरान खान उनको नियन्त्रणमा छन् जसबाट उनको ज्यानलाई जोखिम छ।'

उनले समर्थकहरूलाई खान रिहा नभएसम्म आन्दोलन नरोक्न पनि भनेको बीबीसीमा उल्लेख छ। खान पक्राउ परेपछि देशभर हिंसा भड्किएको छ । देशभर पीटीआईका कार्यकर्ता प्रदर्शन र आगजनीमा उत्रिएका छन् । यसअघि पाकिस्तानको सेनाले सैन्य अखडाहरू र सार्वजनिक सम्पत्तिहरूमा आक्रमण गर्नेहरू विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ।

पन्जाब र खैबर पख्तुनख्वामा अमनचयन कायम गर्न सेना परिचालन गरिएको छ। देशको भ्रष्टाचार नियन्त्रण निकाय न्याश्नल एकाउन्टिबिलिटि ब्युरोले भ्रष्टाचारको आरोप लगाएपछि खान मे ९, २०२३ मा पक्राउ परेका थिए।

सरकारी अधिकारीहरूले खान र उनकी पत्नीले एउटा परोपकारी ट्रस्टका माध्यमबाट एक जना धनाढ्य घर जग्गा कारोबारीबाट दशौँ लाख डलर बराबरको जमिन प्राप्त गरेको आरोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.