सिन्धुलीमा चुत्रोको जरासहित तीन ट्रक र चालक नियन्त्रणमा

सिन्धुलीमा चुत्रोको जरासहित तीन ट्रक र चालक नियन्त्रणमा
चुथ्रोको जरासहित नियन्त्रणमा लिइएका ट्रक र चालक । तस्बिर : राजन गाउँले
सुन्नुहोस्

सिन्धुली : जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चुत्रोको जरासहित तीन ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । ओखलढुंगाबाट सिन्धुलीतर्फ आउँदै गरेका तीनवटा ट्रकलाई कमलामाई नगरपालिका ४ हिरापानीमा चेकजाँच गर्नेक्रममा इजाजत पत्रमा उल्लेख गरेको भन्दा दोब्बर चुत्रोको जरा लोडगरी ल्याएको पाइएपछि चालकसहित नियन्त्रणमा लिइएको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरन्जिवी दाहालका अनुसार बागमती प्रदेश ०१–००६ ख ३५४८, ०१–००६ ख ११०८ र बा ५ ख  ४६४१ नम्बरको टकमा २४ हजार २० केजी चुत्रोको जरा लोड गरी ल्याइएको थियो । 

डिभिजन वन कार्यालय ओखलढुंगाको स्थानान्तरण इजाजत पत्रमा १२ हजार ५ सय केजी  र दरपिटमा ११ हजार ५ सय केजी मात्र उल्लेख गरेको भएपनि तीनवटा ट्रकको कूल तौल १२ हजार ५ सय २० केजी बढी देखिएको दाहालको भनाइ छ । 

‘प्रहरीले ट्रक चेकजाँच गर्नेक्रममा शंका लागि नजिकै नाप तौल गर्दा स्वीकृतिभन्दा १२ हजार ५ सय केजी चुत्रो बढी लोड गरी अवैधरुपमा निकासी गर्न लागेको पुष्टि भएको हो,’उनले भने ।

तीनवटै ट्रकमा तौल फरक परेपछि चालक खिजिदेम्बा गाउँपालिका १ ओखलढुंगाका ४३ वर्षीय बलराम सुनुवार, सोही गाउँपालिका ४ का ३४ वर्षीय शन्तलाल तामाङ र खाँडादेवी गाउँपालिका ४ रामेछापका  ४८ वर्षीय शम्भु आछामेलाई नियन्त्रण लिएर अनुशन्धानका लागि डिभिजन वन कार्यालय सिन्धुलीमा जिम्मा लगाइएको उनको भनाइ छ । 

उता अवैध चुत्रोको जरासहित नियन्त्रणमा लिइएको ट्रक र चालकका विषयमा अनुशन्धान सुरू गरिएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.