अधिवक्ता तामाङ ज्यान मार्ने उद्योगमा दोषी ठहर

अधिवक्ता तामाङ ज्यान मार्ने उद्योगमा दोषी ठहर
सुन्नुहोस्

उदयपुर : सात वर्षीय बालक कुटपिट गरेको आरोपमा धरौटीमा रिहा भएका उदयपुरका एक कानुन व्यवसायीलाई जिल्ला अदालतले कसुर ठहर गरेको छ।

बालुवा छरेको निहुँमा छिमेकी बालकलाई २०७७ असार २२ गते मरनासन्न हुनेगरी कुटपिट गरेको आरोपमा ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका त्रियुगा नगरपालिका-१२ का अधिवक्ता ५४ वर्षीय इन्द्र तामाङलाई अदालतले कसुर ठहर गरेको हो। 

न्यायाधीश कृष्णप्रसाद सुवेदीको एकल इजालसले बुधबार कसुर ठहर गर्दै सजाय निर्धारणका लागि जेठ १७ गते पुनः पेस गर्न आदेश दिएको श्रेष्तेदार धनबहादुर कार्कीले बताए। उक्त दिन कसुरदार तामाङलाई सजाय के कति हुने बारेमा एकीन हुने उनले बताए। 

ज्यान मार्ने उद्योग ठहर भएमा १० वर्षसम्म कैद सजायको व्यवस्था छ। घर अगाडि खेल्ने क्रममा संकलन गरेर राखेको बालुवा छरेको निहुँमा बालकलाई तामाङले टाउकोमा गम्भीर चोट लाग्नेगरी ढुंगा प्रहार गरेको आमा सम्झना तामाङले बताइन्। 

सामान्य गल्ती गरेको निहुँमा सम्झाउँदा हुने ठाउँमा मार्ने नै नियतले कुटपिट गरेकाले बाध्य भएर कानुनी उपचार खोजेको उनले बताइन्। कसुरदार विरुद्ध पीडित पक्षले जेठ २३ जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा दर्ता गराएका थिए।

घटना लगत्तै पक्राउ परेका तामाङलाई न्यायाधीश दिपक खनालको इजलासले साउन १२ गते तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। 

अदालतको फैसलासँगै पीडितका आफन्तले न्यायको महसुस भएको बताएका छन्। बालकका आमा सम्झनाले अदालतबाट न्याय मिलेको बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.