तीन ठाउँमा आगलागी हुँदा ५३ लाखको क्षति

तीन ठाउँमा आगलागी हुँदा ५३ लाखको क्षति
सुन्नुहोस्

उदयपुर : उदयपुरको अलग अलग ठाउँमा आगलागी हुँदा करिब ५३ रुपैयाँको क्षति भएको छ। 

बिहीबार उदयपुरगढी, रौतामाई र ताप्लि गाउँपालिकामा आगलागी हुँदा ५२ लाख ६२ हजारको धनमाल जलेर नष्ट भएको हो। 

आगलागीबाट उदयपुरगढी ७ हाडेबास ध्वाँसेका चोकबहादुर र चित्रबहादुर मगरको घरमा बिहान ९ बजे कृषि मिटरको विद्युत सर्ट भई आगलागी हुँदा २५ लाख ८२ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए। 

आगलागीबाट चोकबहादुर मगरको फुसको छानो भएको दुई तल्ले घर, टिनको छानो भएको आफ्नै लगानीको सरस्वती फुलवारी पशुपालन कृषि फर्मका पाँचवटा टहरा, त्यसभित्र रहेको दुईवटा सुंगुर, चाँदी ५ तोला, सुन आधा तोला, भाँडा, लत्ताकपडा, नगद ९० हजार गरी २४ लाख ३२ हजार र चित्रबहादुरको घर गरी एक लाख ५० हजार बराबरको क्षति भएको उनले बताए। 

घटना लगत्तै पुगेको त्रियुगा, चौदण्डिगढी नगरपालिका, रौतामाई गाउँपालिकाको तीन वटा दमकल र स्थानीयको सहायतामा जिल्ला प्रहरी कार्यालय, अस्थायी प्रहरी पोष्ट चुहाडे, नेपालटारबाट खटिएको प्रहरीको टोलीले तीन घण्टापछि नियन्त्रणमा लिएको उनले बताए। 

दिउँसो १ बजेको समयमा रौतामाई गाउँपालिका-२ आहाले सामुदायिक जंगलमा आगलागी हुँदा जंगल नजिकैका ओमबहादुर तामाङको २ वटा घर, गाईगोठ, बाख्रा गोठ र मिल घर समेत पूर्णरुपमा जलेर नष्ट भएको उनले बताए। 

आगलागीबाट ओमबहादुरको बाख्रापाठा–५ वटा, कुखुरा १० वटा अन्न, लत्ताकपडा, सुनचाँदी गरी १३ लाख ८० हजारको धनमाल नष्ट भएको एसपी फुँयालले बताए। आगो दुई घण्टापछि इलाका प्रहरी कार्यालय भुट्टारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यस्तै दिउँसो २:३० बजे ताप्ली गाउँपालिका ५ कटहरेस्थित जंगलमा लागेको आगो स्थानीय तुलबहादुर मगरको घरमा सल्किँदा एक घर, नगद ५० हजार, सुन ३ तोला, अन्न, भाडावर्तन, लत्ताकपडा गरी ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

स्थानीय प्रलाद सिंहको समेत सोही आगोले घर, नगद १ लाख, अन्नपात, भाडावर्तन, लत्ताकपडा गरी ५ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ। आगो प्रहरीचौकी रुपाटारबाट खटिएको टोलीले डढ घण्टा पछि नियन्त्रणमा लिएको जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.