गल्ती गर्ने जोसुकैलाई सरकारले कारबाही गर्छ : मन्त्री रिजाल

गल्ती गर्ने जोसुकैलाई सरकारले कारबाही गर्छ : मन्त्री रिजाल
सुन्नुहोस्

बर्दिवास : सरकारले जनतालाई सुशासन दिलाउने क्रममा गल्ती गर्ने जोकोहीलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बताएका छन्। 

बिहीबार महोत्तरीको बर्दिवास नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन मन्त्री रिजालले गल्ती गर्ने व्यक्ति जुनसुकै पद, प्रतिष्ठा, पार्टी, प्रभाव वा पारिवारिक घरानाको भए पनि सरकारलाई त्यस्तालाई हिरासतमा लिई कानुन अनुसारको कारबाही गर्न दृढ रहेको जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणले सरकार र गठबन्ध दलबीचको सम्बन्धमा कुनै प्रकारको समस्या नआउने बताउदै मन्त्री रिजालले भने, 'सरकारले सुशासन दिने हो। सुशासन दिन सरकारले गल्ती गर्नेमाथि कारबाही गर्छ। गल्ती गर्ने सजायको भागी पनि हुन्छ।’  

सरकारको नियतमाथि शंक नगर्न मन्त्री रिजालले आग्रह गरे।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.