बर्दियामा आगलागीबाट आठ घर जले

बर्दियामा आगलागीबाट आठ घर जले
सुन्नुहोस्

गुलरिया : बर्दियाको मधुवन नगरपालिका-१ स्थित कैलाशी डाँडागाउँमा आगलागी भएको छ। बिहीबार अपराह्न कुन्ती मगरको घरबाट बिजुली शर्ट भई आगलागी हुँदा ८ वटा घर २ गोठ जलेर नष्ट भएका छन्।

घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयले दमकलको सहायता लिई आगो नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए। 

क्षतिको विस्तृत विवरण आएको छैन। मानवीय एवं पशुचौपाया भने क्षति नभएको डीएसपी बोहराको भनाइ छ। आगोले कुन्ती मगर, धर्म रोकाया, दिलबहादुर सुनार, डम्मर सुनार, गोविन्द विक लगायतको घर जलेको छ। 

आगलागीबाट घर एवं घरभित्र राखिएको सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.