मोरङको बूढीगंगामा रहेको उद्योगमा भीषण आगलागी

मोरङको बूढीगंगामा रहेको उद्योगमा भीषण आगलागी
तस्बिर : किशोर बुढाथोकी
सुन्नुहोस्

विराटनगर : मोरङको बूढीगंगामा रहेको एउटा उद्योगमा शुक्रबार बिहानका रातिदेखि भीषण आगलागी भइरहेको छ। बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी म्यानिफ्याक्चरिङ इन्डष्ट्रिजमा बिहान २ बजेदेखि आगलागी सुरु भएको प्रहरीले जनाएको छ। 

इलेक्ट्रिक सामग्री (बिजुलीको बल्ब र स्वीच) बनाउँदै आएको उद्योगमा लागेको आगो यो समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। घटनास्थलमा रहेर नेपाल प्रहरीका निरीक्षक दुर्गा राई र सशस्त्रका निरीक्षक समराज खड्का नेतृत्वको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ। साथै स्थानीय तथा उद्योगका मजदुरले पनि आगो नियन्त्रणमा मद्दत गरिरहेका छन्। null

धेरै प्रयास गर्दा पनि आगो नियन्त्रण मुस्किल बनिरहेको डीएसपी दाहालले बताए। उनले विद्युत सर्ट भएर आगलागी सुरु भएको हुन सक्ने जानकारी दिए। उद्योगका ३ वटा भवनमध्ये एउटामा आगो लागेको हो। नजिकैका २ वटा भवनमा भने आगो फैलनबाट सुरक्षाकर्मीले जोगाएका छन्। 

आगोले उद्योगको एउटा भवनसहित कच्चा पदार्थ, मेसिन तथा तयारी सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा आइनसकेका कारण क्षतिको विवरण यकिन भइसकेको छैन। यद्यपि, उद्योगका सञ्चालकले भने १५ करोड बराबरको क्षति भएको हुनसक्ने प्रहरीलाई बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.