नियतबस विमान दुर्घटना गर्ने युट्युबरलाई २० वर्ष जेल सजाय

नियतबस विमान दुर्घटना गर्ने युट्युबरलाई २० वर्ष जेल सजाय
सुन्नुहोस्

काठमाडौं : टार्न नसकिने जस्तो देखाएर विमान दुर्घटना गराउने युट्युबर ट्रेभो ड्यानियल ज्याकोबलाई अदालतले दोषी सावित गरेर २० वर्ष जेल सजाय सुनाएको छ। क्यालिफोर्नियामा बस्दै आएका २९ वर्षीय युट्युबर ज्याकोबले उडाएको विमान सन् २०२१ को नोभेम्बरमा दुर्घटनामा परेको थियो।

क्यालिफोर्नियाको लोम्पोक सिटी विमानस्थलबाट २४ नोभेम्बर २०२१ मा ज्याकोबले उडाएको क्यामेरासहितको विमान मामोथ लेक्सका लागि उडेको थियो। ज्याकोबले करिब ३५ मिनेटसम्म विमान उडाएर विभिन्न एङ्गलका फोटो खिचेका थिए।

तर,त्यसपछि उनी लोस परेदेस नेसनल फरेस्टमाथि विमानबाट हाम्फालेका थिए। ज्याकोबले डिसेम्बर २४ मा युट्युबमा ‘मैले मेरो विमान दुर्घटना गरेँ' भनेर भिडियो हालेका थिए। त्यो भीडीयो अझै युट्युबमा उपलब्ध छ।

क्यालिफोर्नियाको अदालतले मे ११ मा सार्वजनिक गरेको विज्ञप्तिमा ज्याकोब अनुसन्धानबाट दोषी प्रमाणित भएको र २० वर्ष कैद सजाय सुनाएको उल्लेख छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.