कडा सुरक्षाबीच इस्लामाबाद उच्च अदालत पुगे इमरान खान

कडा सुरक्षाबीच इस्लामाबाद उच्च अदालत पुगे इमरान खान
सुन्नुहोस्

इस्लामावाद : पाकिस्तान तेहरीक-ए-इन्साफका प्रमुख इमरान खानकडा सुरक्षाबीच उच्च अदालत पुगेका छन्। इस्लामाबाद उच्च अदालतले अल-कादिर ट्रस्ट मामिलामा सुरक्षा माग गर्दै इमरान खानको निवेदनको सुनुवाइ गर्न दुई सदस्यीय इजलास गठन गरेको छ।  

इजलासमा न्यायाधीश मियाँ गुल हसन औरंगजेब र न्यायाधीश थमन रिफत इम्तियाज रहेका छन्। इजलासले यस विषयमा छिट्टै सुनुवाइ गर्नेछ। अहिले अदालत वरिपरि बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। अदालत बाहिर सैनिकले सुरक्षा दिइरहेको छ। योसँगै अदालत गेटबाहिर काँडेतार जडान गरिएको छ।

प्रहरीले कुनै पनि प्रकारको भीडभाडमा रोक लगाएको छ। सहरको कुनै पनि ठाउँमा मानिस भेला हुन निषेध गरिएको छ। तर,खानका हजारौं दर्शक शान्तिपूर्ण प्रदर्शनका लागि यहाँ भेला हुनसक्ने आशंका गरिएको छ।

बिहीबार सर्वोच्च अदालतले बिहीबार अल कादिर ट्रस्ट मुद्दामा उनको गिरफ्तारी गैरकानुनी घोषित गरेको छ। यद्देपि सरकारले इमरान खानलाई पक्राउ गर्ने बताएको छ।

यसअघि खानको गिरफ्तारीपछि पाकिस्तानमा देशव्यापी प्रदर्शन सुरू भएको छ। पीटीआईले आफ्ना समर्थकलाई इमरान खानको समर्थनमा आउन आग्रह गरेसँगै देशभर विभिन्न विरोध प्रदर्शन भएका छन्। 

प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्।


 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.