आगलागी पीडितलाई राहत

आगलागी पीडितलाई राहत
सुन्नुहोस्

गुलरिया : बर्दियाको मधुवन नगरपालिका-१ कैलासीस्थित डाँडागाउँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ। 

जिल्लास्थित विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी लगायत स्थानीय वडाले प्रारम्भिक राहत उपलब्ध गराएका छन्। 

पीडितलाई घटनास्थल पुगेर विपद् व्यवस्थापन समितिको तर्फबाट पूर्णक्षति ब्यहोरेका ७ जना परिवारलाई प्रतिपरिवार २ वटा झुल र १०/१० हजार रुपैयाँ राहत उपलब्ध गराइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए। 

रेडक्रसमार्फत प्रति परिवार २/२ वटा कम्बल र त्रिपाल वितरण भएको छ। पीडितहरूको भाँडाकुँडा, लत्ताकपडा लगायत अत्यावस्यक वस्तुहरू जलेर नष्ट भएका छन्।

पीडितहरूलाई मधुवन नगरपालिका-१ ले तत्काल तैयारी भोजनको मेस सञ्चालन गरेको वडाध्यक्ष मिन थापाले बताए। 

भैपरी आउने सहयोग उपलब्ध गराउन वडा तयारी अवस्थामा रहेको वडाअध्यक्ष थापाको भनाइ छ। आगलागी पीडितहरू सुकुम्वासी अवस्थामा जंगल क्षेत्रमा बसोवास गर्दै आएकाले मधुवन नगरपालिकाले बस्ती व्यवस्थापनका लागि छलफल सुरु गरेको मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए।

प्रारम्भिक तथ्यांक अनुसार आगलागीबाट ७ वटा घर पूर्ण र ५ वटा घर आंशिक जलेका छन्। मानवीय लगायत पशुचौपाया क्षति नभए पनि ३३ लाख मूल्य बराबरको धनमाल क्षति भएको छ। 

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले आगलागी पीडितहरू आसिस सोनी तथा कुन्ती मगरको घरमा आश्रय लिइरहेका बताए।

बिहीबारर बेलुकी साढे ५ बजे गोरी रोकायको घरमा विद्युत लाइन सर्ट भई आगलागी भएको उनले प्रस्ट्याए। आगलागीबाट स्थानीय कुन्ती मगर, गोरी रोकाय, पशुपति कामी, दिलबहादुर सुनार, टिकाकुमारी कामी, धनसरा विक र गोविन्द विकको घरमा पूर्ण क्षति पुगेको छ। 

राजकुमार शाही, अमृता थापा, दिनेसवेसी मगर, सिता थापा र झबिलाल पुन मगरको घरमा आंशिक क्षति पुगेको छ। घटनापश्चात अन्य घरमा आगलागी फैलिएपछि गुलरिया र मधुवन नगरपालिकाको दमकलको सहयोगमा २ घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयले आगो नियन्त्रणमा लिन सफल भएका हुन्। 

गर्मीको समय बढ्दै गर्दा जिल्लामा आगलागी हुने क्रम बढेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.