गाउँपालिकाको स्थानीय पाठ्यक्रममा जनयुद्ध समेटियो

गाउँपालिकाको स्थानीय पाठ्यक्रममा जनयुद्ध समेटियो

वीरेन्द्रनगर : कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समेटेको छ। 

गाउँपालिकाले हालै बनाएको स्थानीय पाठ्यक्रममा जनयुद्धको विषयवस्तुहरू समेटेको हो।        

गाउँपालिकाले तर्जुमा गरेको स्थानीय पाठ्यक्रम अनुसार 'हाम्रो पचालझरना' नामक पुस्तक तयार गरी विद्यालयलाई हस्तान्तरण गरेको छ। 

जसमा हाम्रो पचालझरना, हाम्रो कला, संस्कार र संस्कृति, हाम्रो स्थानीय पेसा व्यवसाय, पर्यटन र आर्थिक क्रियाकलाप, हाम्रा रैथाने बालीहरू, जीवनउपयोगी सीपहरू, स्थानीय जडिबुटीहरू, विपद् व्यवस्थापन र हरित विद्यालय र अन्तिममा १० वर्षे जनयुद्ध भनेर आठ वटा खण्डहरू समावेश गरेको छ। 

स्थानीय स्रोत, पर्यटन, धार्मिक तथा एतिहासिक सम्पदाहरू र जनयुद्धलाई समेत महत्व दिएर विस्तृत रुपमा समेटिएको उक्त पुस्तक कक्षा १ देखि ८ सम्मलाई पाठ्यक्रम बनाएर एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ। 

गाउँपालिका अध्यक्ष देवराज शाही, उपाध्यक्ष बबिता बम, निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर बिक, शिक्षा शाखा प्रमुख नमराज शाही लगायतको उपस्थितिमा पुस्तक सार्वजनिकसंगै विद्यालयलाई हस्तान्तरण गरिएको हो। 

हालसम्म जिल्लाका ९ वटा पालिकामध्ये पचालझरना र महाँवै गाउँपालिकाले स्थानीय पवाठ्यक्रम निर्माण गरी लागू गरेका छन्। अन्य ७ पालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छैनन्। 

पचालझरना गाउँपालिका शिक्षा शाखा प्रमूख नमराज शाहीले गाउँपालिकाको हावापानी, भुगोल, प्राकृतिक श्रोत साधन र स्थानीय नागरिकहरूको पेसा व्यवसायलाई टेवा पुग्ने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिएको बताए। 

उनले यो यहाँका विद्यार्थीहरूका लागि निकै नै उपयोगी हुने बताए। पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले सो पाठ्यक्रममा १० वर्षे जनयुद्धका विषयमा पनि पछिल्ला पुस्ताहरूलाई जानकारी दिन उपयोगी भएको हुनाले स्थानीय पाठ्यक्रममा नै समावेश गरिएको बताए। 

उनले भने, '१० वर्षे जनयुद्धमा कालिकोटबाट मात्र ५ सय २६ जनाको बलिदानी छ। पचालझरना गाउँपालिकाबाटै झण्डै एक सय जना जतिको बलिदानी छ। त्यो जनयुद्धको बलिदानी र नयाँ पुस्तालाई त्यस विषयमा जानकारी दिन हामीले स्थानीय पाठ्यक्रममा १० वर्षे जनयुद्ध समेटेका हौँ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.