ओखलढुंगामा ९ महिनामा ७५ ठाउँमा आगलागी, ३२ घर जले

ओखलढुंगामा ९ महिनामा ७५ ठाउँमा आगलागी, ३२ घर जले

ओखलढुंगाः ओखलढुंगामा चालु आर्थिक वर्षको ९ महिनामा ७५ ठाउँमा आगलागी हुँदा ३२ घर जलेका छन्। आगलागीबाट ३२ घर र ९ गोठ जलेका हुन्। 

आगलागीमा परेर २ सय २८ पशु चौपाया मरेका छन्। सबैभन्दा धेरै खसी बाख्रा १४० वटा जलेर मरेको जिल्ला प्रहरी कार्यालयको अभिलेख छ। भैंसी, गोरु, गाई, सुँगुर, खसी र कुखुरा समेत जलेर मरेका छन्। 

३२ घर जल्दा धनमालका अतिरिक्त नगद र सुन समेत जलेको छ। यसरी आगो लागेर ४ करोड ७१ लाख ५२ हजार एक सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी देब दासले अन्नपूर्णलाई बताए। 

आगलागीका सूचनाहरू आउनासाथ प्रहरीले स्थानीयवासी र वडा तथा पालिकासँग समन्वय गरेर नियन्त्रणमा लिने गरेको दासले बताए। 

आगलागीमा घर जलेकाहरू अहिले घरबारविहीन भएका छन्। परिवारिक व्यवस्थापनमा समस्या हुँदै आएको छ। पीडितहरूलाई राहतका लागि सरकारले केही सामग्री तथा रकम उपलब्ध गराए पनि प्रयाप्त नहुँदा अझै कतिपय व्यक्ति बारीका टहरामा बसोवास गर्न बाध्य रहेको स्थानीय बताउँछन्। 

स्थानीय तहको विपदमा पूर्व तयारी नहुँदा यस्ता घटनामा बढी क्षति हुने गरेको छ। स्थानीय सरकारले विपद् व्यवस्थापन प्रतिकार्य योजना र बजेट समेत व्यवस्थापन नगर्दा विपदमा सधैं अप्ठेरो हुने गरेको पाइएको सामाजिक अभियान्ता विवेश श्रेष्ठले बताउँछन्। 

आगलागी पीडितलाई भाँडाकुँडाको सेट र केही थान कपडा रेडक्रसले उपलब्ध गराएको छ। स्थानीय सरकारले ५ हजार, १० हजार आर्थिक सहायता दिए पनि गरिब र विपन्नहरू अहिले पनि समस्यामा छन्। 

स्थानीय उपभोक्ता देखि सरकार समेतले चासो नदिँदा आगलागीले जिल्लाको धेरै वन क्षेत्र समेत जलेर सखाप भएको छ। घर पशु चौपायासँगै जिल्लाका विभिन्न २० वटा वन जलेका छन्। 

वन क्षेत्रमा आगलागी हुँदा ९ सय ५० हेक्टर वन क्षेत्र सखाप भएको जिल्ला वन कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.