१५ बुँदे माग राख्दै सांसद गौतम आमरण अनसनमा

१५ बुँदे माग राख्दै सांसद गौतम आमरण अनसनमा

गुलरिया : नेपाल कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइ मन्त्री संजयकुमार गौतम आमरण अनसनमा बसेका छन्। 

बर्दियाको विकासका लागि १५ बुँदे मागसहित आमरण अनसन (सत्याग्रह) मा बसेका हुन्। 

जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि बबई नदीको जब्दीघाटमा भाँसिएको पुलमुनि नदी तटमा अनसन सुरु गरेका हुन्। 

बर्दियाली जनताले तीन पटक आफूलाई जिताए पनि विकासको मुद्दामा सरकारले कहिल्यै सहयोग नगरेको गौतमले गुनासो गरे‍। उनले सबै दल एवं नागरिकलाई सहभागिताका लागि आग्रह गरेका छन्। माग पूरा नभएसम्म अनसन जारी रहने उनको भनाइ छ। 

जब्दीघाटको भत्किएको पुलको स्पान लगायतका संरचना हटाई तुरुन्त पुल निर्माण सुरु गर्नुपर्ने, गुलरियामा तटबन्धनको बाँकी काम नियमित गर्नुपर्ने, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना तीन वर्षमा पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ तेलपानी सुर्खेत सडक यसै आर्थिक वर्षदेखि निर्माण सुरु गर्नुपर्ने लगायतका माग छन्।

आफ्नै सरकार भएपनि सदनबाट जति माग राखेपनि पूरा नभएपछि जनताको भावनाको कदर गर्दै सम्भावनाको विकल्प नदेखेर अनसनमा बस्न बाध्य भएको गौतमले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.