दार्चुलामा तीन जना मृत भेटिए

दार्चुलामा तीन जना मृत भेटिए
सुन्नुहोस्

दार्चुला : दार्चुलामा तीन जना मृत फेला परेका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिकाका २ जना र एक भारतीय नागरिक मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। 

उनका अनुसार भीरबाट लडेर मालिकार्जुन गाउँपालिका-८ चस्कोटका ४० वर्षीय जयराम लुहारको मृत्यु भएको छ। लुहार घर नजिकैको भीरबाट लडेर करिब ५० मिटर तल मृत अवस्थामा फेला परेका थिए।

शवलाई जिल्ला अस्पतालमा राखिएको छ। यस्तै मालिकार्जुन गाउँपालिका-६ उकुमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन्। 

शुक्रबार राति ३५ वर्षीया बुद्धि तिरुवा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। उनको शवलाई जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरिएको छ। 

यसैबीच शनिबार महाकाली नदी किनारमा एक भारतीय नागरिकको शव फेला परेको छ। पिथौरागढ जिल्ला, धारचुला तहसिल अन्तर्गतको ग्राम सिर्दाग बस्ने ३६ वर्षीय राम लाल बर्माको शव महाकाली नगरपालिका-५ नमस्कारस्थित नदी किनारमा फेला परेको सूचना अधिकारी सिंहले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.