पराजयपछि कर्नाटकका मुख्यमन्त्री बसवराजले दिए राजीनामा

पराजयपछि कर्नाटकका मुख्यमन्त्री बसवराजले दिए राजीनामा
सुन्नुहोस्

राजीनामा दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बसवराज बोम्माईले समय मागेर आफूले गभर्नरलाई राजीनामा बुझाएको बताए । उनको राजीनामा स्वीकृत भएको छ ।

नयाँ दिल्ली : कर्नाटक विधानसभा चुनावमा पराजित भएपछि राज्यका मुख्यमन्त्री तथा भाजपा नेता बसवराज बोम्मईले शनिबार राति राजीनामा दिएका छन्।

उनले बेंगलुरुमा राज्यपाल थावर चन्द गहलोतसँग भेटेर राजीनामा बुझाएका हुन् ।

राजीनामा दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बसवराज बोम्माईले समय मागेर आफूले गभर्नरलाई राजीनामा बुझाएको बताए । उनको राजीनामा स्वीकृत भएको छ ।

उनले यो निर्वाचनमा पराजयको जिम्मेवारी आफूले लिने बताए । यसअघि सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका थिए, ‘हामी कर्नाटकका जनताको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गर्छौँ। हाम्रा गल्तीहरू सच्याएर पार्टी पुनर्निर्माण गरी संसदीय निर्वाचनमा फर्कनेछौँ ।'

केन्द्रीय मन्त्री र कर्नाटकका वरिष्ठ भाजपा नेता प्रह्लाद जोशीले पार्टीले आफ्नो असफलताको सबै कारणहरूको समीक्षा गर्ने बताए। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.