९४ वर्षपछि सिन्धुलीगढी दरबार पुनर्निर्माण

९४ वर्षपछि सिन्धुलीगढी दरबार पुनर्निर्माण

सिन्धुलीगढी : भत्किएर भग्नावषेशमा परिणत भएको ऐतिहासिक महत्वको सिन्धुलीगढी दरबार ९४ वर्षपछि पुरानै शैलीमा पुनर्निर्माण गरिएको छ।

संरक्षण अभावमा करिब ६ दशक यता भग्नावशेषमा परिणत भएको सिन्धुलीगढी दरबार पुनर्निर्माणपछि चिटिक्क पारिएको छ। कमलामाई नगरपालिका–३ गढी दरबार पहिले दुईतले सेतो रंगको कौसी र बुर्जाहरू तथा झ्यालहरूले भरिभराउ थियो। बुइँगलसहित दरबारमा ३१ वटा कोठाहरू थिए। स्नानघर र शौचालय छुट्टाछट्टै थिए। दरबारको वरपर पहरा घरहरू पनि थिए। 

अहिले पनि पुरानै शैलीमा दरबार पुनर्निर्माण गरिएको छ। लोकगायक स्व. कृष्णविक्रम थापाले गाएको ‘सिन्धुलीगढी घुमेर हेर्दा, सुन्तलीमाई, कतिमा राम्रो दरबार, मार्‍यो नि मायाले मार्‍यो’ गीतको शब्दजस्तै वर्णनलायक बनेको छ। 

लोकगायक थापाले २०३६ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा सिन्धुलगढी दरबारको वर्णन गरी गाएको गीतले पहिलो स्थान हात पारेको थियो। त्यसबेला थापाको गीत र दरबारको ऐतिहासिक महत्वले जति चर्चा पाएको थियो, संरक्षण अभावमा भत्किएर भग्नावशेषमा परिणत भएको थियो। ९४ वर्षपछि बागमती प्रदेश सरकारको चार करोड ३८ लाख ९९ हजार पाँच सय २२ रुपैया“को लागतमा गढी दरबार पुनर्निर्माण गरिएको हो। 

दरबार ९४ वर्षअघि १९८६ कात्तिक २८ गते तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाका भाइ बमबहादुर राणाका छोरा बमवीरविक्रम राणाले निर्माण गरेको बताए पनि दरबार बडाहाकिम र सेना बस्न निर्माण गरिएको शिलालेखमा उल्लेख छ।

दरबारको पुनर्निर्माण २०७९ जेठ १६ भित्र सक्ने सम्झौता भए पनि कोभिडका कारण पुनर्निर्माणको काम केही ढिलाई भएको कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले जानकारी दिए।

‘अहिले दरबारलाई पुरानै शैलीमा पुनर्निर्माण सम्पन्न भएपछि बेहुलीझै सिंघारिएर चिटिक्क भएको छ। सिन्धुलीगढी दरबार पुरानै लयमा फर्किएको छ’, नगर प्रमुख पोखरेलले भने।  सिन्धुलीगढी दरबारलाई २००४ सालमा राणा शासनको अन्त्यपछि राष्ट्रिय स्वामित्वमा ल्याइएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.