लाइसेन्स नभएका सहचालकलाई ट्याक्टर चलाउन दिने सवारी धनी पक्राउ

लाइसेन्स नभएका सहचालकलाई ट्याक्टर चलाउन दिने सवारी धनी पक्राउ
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएपछि गरिएको अनुसन्धानमा ट्याक्टर धनी नरजित फगानी मगर पक्राउ परेका छन्। 

उनलाई ट्याक्टर चलाउन इजाजत पत्र (लाईसेन्स) नभएको सहचालकलाई ट्याक्टर चलाउन अनुमति दिएको भन्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको हो।

नियन्त्रणमा लिइएको ट्याक्टरका धनी फगानी मगरलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए। 

उनलाई पक्राउ परेका ट्याक्टरका चालक रोल्पा जिल्ला रोल्पा नगरपालिका-१ धवाङ बस्ने २४ वर्षीय नारायण रोक्काले दिएको बयानका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको बताईएको छ। ट्याक्टर धनी फगानी मगरले चालक हुँदा हुदै लाईसेन्स नभएको सहचालकलाई ट्याक्टर चलाउन दिएको र सोही कारण ट्याक्टर दुर्घटना भएको चालक रोक्काले प्रहरीको बयानमा बताएका छन्।

गत वैशाख २३ गते बिहान मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे स्थित सिरानटोलमा कालिगण्डकी नदीमा बालुवा लिन आउने क्रममा ग १ त ६७३६ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको थियो। 

दुर्घटनामा सहचालक म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका-३ घर भई थासाङ गाउँपालिका-२ खन्ती बस्ने ३४ वर्षीय टकमान बुढामगरको घटनास्थलमै मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय मुस्ताङले थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.