शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएपछि प्रहरीमा पुगे कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएपछि नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा प्रहरीकहाँ पुगेका छन्। उनले काठमाडौं प्रहरी परिसर टेकुमा उपस्थित भएका छन्।
परिसरका प्रवक्ता सीताराम रिजालले उनीविरुद्ध कुनै पक्राउ पूर्जी जारी नभएको बताए। सञ्चारमाध्यममा आफ्नो नाम आएपछि उनी बुझ्न भनेर आएको प्रवक्ता रिजालको भनाइ छ। 'उहाँविरुद्ध वारेन्ट इस्यु भएको छैन। आफ्नो नाम मुछिएको देखेर बुझ्नका लागि आउनुभएको रैछ। सबै कुरा बुझेर जानुहुन्छ,' अन्नपूर्णसँग उनले भने।
प्रहरीले हिजोमात्रै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गरेको थियो। शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत १३ जना पक्राउ परेका छन्।