भोडाफोनले ११ हजार कर्मचारी निकाल्ने
यो रोजगार कटौतीको प्रभाव धेरै देशमा हुनेछ। कम्पनीको कामलाई ‘सरल’ बनाउने योजनाअन्तर्गत सीईओले यस्तो निर्णय लिएकी हुन् ।
वासिङटन डिसी : भोडाफोनले आगामी तीन वर्षमा ११ हजार कर्मचारीलाई कामबाट निकाल्ने जनाएको छ।
यो रोजगार कटौतीको प्रभाव धेरै देशमा हुनेछ। कम्पनीको कामलाई ‘सरल’ बनाउने योजनाअन्तर्गत सीईओले यस्तो निर्णय लिएकी हुन् ।
भोडाफोनमा हाल विश्वभर बाट १ लाख ४० हजार कर्मचारी छन्।
'भोडाफोनले सेवा प्रदान कार्य जारी राख्न परिवर्तन आवश्यक छ,' मार्गरेटाले भनिन्।
उनले जनवरीमा प्रमुखको पदभार ग्रहण गरेकी थिइन्। अन्तरिम वित्त निर्देशकको रूपमा पनि काम गरिरहेकी छन्। उनले आफ्नो प्राथमिकता उपभोक्ता रहेको बताइन् । बीबीसी