३३ वर्षअघि हराएको मूर्ति भेटियो हङकङमा
हङकङ : सुनको जलपले बनेको ३७ इन्च अग्लो बज्रधार (आदि बुद्ध, धर्मकाय बुद्ध) मूर्ति हङकङमा भेटिएको छ। लस्ट एन्ड आर्ट्स स्वयंसेवी समूह नेपालले उक्त मूर्ति आफ्नो संरक्षणमा हङकङस्थित निजी संग्रहालयमा राखेको थियो। संग्रहालयका तर्फबाट रोसी एन्ड रोसीले हङकङस्थित नेपाली महावाणिज्यदूतावासमा उक्त मूर्ति हस्तान्तरण गरेका थिए।
हराएको मूर्ति फेला परेको बारेमा युनिभर्सिटी अफ ग्लासगोका क्रिमिनोलोजी लेक्चर डा.एमिलिन स्मिथले दूतावासमा जानकारी गराएका थिए। मूर्ति हस्तान्तरण कार्यक्रममा महावाणिज्यदूत उदयबहादुर रानाले सम्बन्धित सबैलाई धन्यवाद दिएका थिए। नेपालको पुराताŒिवक, धार्मिक धरोहरका रूपमा रहेको मूर्तिलाई पुनः फिर्ता गर्न पाएकोमा गौरवान्वित महसुस भएको उनको भनाइ थियो। उनले यस कार्यमा दत्तचित्त भएर लाग्नुभएका सम्पूर्ण संस्था र पदाधिकारी सम्मानका पात्र भएको बताएका थिए।
१६औं शताब्दीको कलाकृतिमा आधारित रहेको मूर्ति सन् १९९० को दशकमा दोलखा जिल्लाबाट चोरी भएको थियो। फेला पारिएको मूर्तिलाई पुरातत्त्व विभागमार्फत चाँडै नेपालमा पठाइने महावाणिज्यदूत रानाले बताए।