भरुवा बन्दुकसहित तीनजना पक्राउ
महोत्तरी : बर्दिबास नगरपालिकाको वन क्षेत्रबाट तीनजनालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिवास नगरपालिका ११ स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डबाट ३ कि.मि. उत्तरतर्फ पर्ने बनपथ राष्ट्रिय वन क्षेत्रभित्र भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, सोही ठाउँ बस्ने ३० वर्षीय प्रेमबहादुर भोलन र ३८ वर्षीय अमिर स्यांगतान रहेका छन्।
उनीहरुलाई २ थान भरुवा बन्दुकसहित जंगलमा हिंडिरहेको अवस्थाम पक्राउ गरिएको हो । भरुवा बन्दुक साथमा बोकी जंगली जनावरको शिकार गरिरहेको विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट डीएसपी बिजय यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।