माओवादीलाई लक्षित गर्दै झलनाथ खनालले भने : हाम्रा ३०० होनाहार क्रान्तिकारीको हत्या भयो

माओवादीलाई लक्षित गर्दै झलनाथ खनालले भने : हाम्रा ३०० होनाहार क्रान्तिकारीको हत्या भयो
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादीलाई संकेत गर्दै ३०० होनाहार क्रान्तिकारीको हत्या गरेको दाबी गरेका छन्। बुधबार केन्द्रीय कार्यालयका मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले उग्र वामपन्थकाविरुद्ध कठोर संर्घष गर्नुपरेको स्मरण गरे।

‘५० को दशकमा हामीले उग्र वामपन्थकाविरुद्ध कठोर संर्घष गर्नुपरेको थियो। हामीले झण्डै ३०० हाम्रा होनाहार क्रान्तिकारीहरुलाई घाँटी रेटेर मार्ने कामहरु समेत भयो, कमरेडहरु तर ती सम्पूर्ण क्षतिहरुका बाबजुत उग्रवामपन्थी अवसरवादका भड्काउका विरुद्ध पनि संघर्ष गर्दै, हामीले हाम्रो पार्टीलाई ढृढताविरुद्ध रक्षा गर्‍यौं, विकास र विस्तार गर्‍यौं।’ पूर्वप्रधानमन्त्री खनालले भने,‘ज्ञानेन्द्र तानाशाही सुरुवात भइसकेपछि १९ माघपछि सम्पूर्ण शक्तिहरुलाई एकताबद्ध गर्दै गणतन्त्रको अभियानलाई अगाडि बढायौं। ६२/६३ मा जनक्रान्ति सफल गर्‍यौं।’

खनालले मदन भण्डारी र जीवनरामआश्रितको हत्याले नेपालको देशभक्तिमाथि ठूलो क्षति पुगेको बताए। जनवादी आन्दोलनलाई व्यापक आन्दोलनलाई अगाडि बढाउँदा बढाउँदै त्यो घटना कसरी घट्यो होला प्रत्यक्ष प्रमाण हुँदाहुँदै पनि देशले र त्यति बेलाको नेतृत्वले अनुसन्धान गर्न नसक्दा त्यो हत्याकाण्ड रहस्यमयी भएको बताए। उनले अमर लामालाई सबै कुरा थाहा भएपनि सम्पूर्ण कुरा थाहा हुँदा हुँदै पनि, सत्य ओकल्नपर्ने भएपनि राज्यले नसकेको टिप्पणी गरे। 

खनालले एकीकृत समाजवादीलाई क्रान्तिकारी पार्टी बनाउनुपर्ने आवश्यकता रहेको बताए। उनले स्थापनाकालको लक्ष्य प्राप्त गर्न निरन्तर यात्रा अगाडि बढाउनुपर्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.