बालकृष्ण खाँण निलम्बनमा नपरेपछि गगनले देउवालाई भने- गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्न सकिदैन

बालकृष्ण खाँण निलम्बनमा नपरेपछि गगनले देउवालाई भने- गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्न सकिदैन

काठमाडौं : नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन्। बुधबार राजधानीमा आयोजित प्रजातान्त्रिक विचार समाजको महाधिवेशनमा बोल्दै नेता थापाले यो प्रकरण राष्ट्रदोह भन्दै दोषीलाई कडा कारबाही हुनुपर्ने बताए।

नेता थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना पार्टीका नेता बालकृष्ण खाँण पक्राउ परेपनि सभापति शेरबहादुर देउवाले निलम्बन नगरेको भन्दै आपत्ती जनाए। पार्टीको बैठकमा खाँणलाई निलम्बन गर्न माग गर्दा समेत सभापति देउवाले नमानेको उनको भनाइ छ।

उनले भने,'नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता मुछिनु भएको छ। विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियाको पालना सबैले गर्नुपर्छ। अनुसन्धानबाट यदि दोषी भएमा दोषीले सजाय पाउनुपर्छ। जो जो मुछिन्छन् सबैलाई कारबाही हुनुपर्छ। यसमा दायाँबायाँ हुनुहुँदैन।'

उनले कुनै पदमा बसेको मान्छे, प्रहरी, अदालत, निजामति कर्मचारी कहिँ पनि अभियोग लागेपछि स्वत : निलम्बन हुने भएकाले पार्टीले पनि खाँणलाई निलम्बन गर्नुपर्ने बताए।

पार्टीमा दाग लागे त्यसलाई निकालेर बाँकी रहेकालाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ।

'प्रमाणित भयो भने कारबाही हुन्छ। कोहीप्रतिको पूर्वाग्रही भएर होइन। मलाई भएपनि अर्कोलाई भएपनि त्यही हो। पार्टीको छलफलमा केही साथीहरूले लिनुभएको पोजिसन के छ भन्ने हाम्रो भित्र त परम्परा छैन। परम्परा छैन भने त्यो तोड्नुपर्छ।  गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.