बालकृष्ण खाँणलाई निलम्बन नगरिए कांगेसको अवस्था नाजुक हुन्छ : शेखर कोइराला

बालकृष्ण खाँणलाई निलम्बन नगरिए कांगेसको अवस्था नाजुक हुन्छ : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि भइरहेको छानबिन कमजोर बनाउने प्रयास भइरहेको बताएका छन्। बुधबार राजधानीमा आयोजित  विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यो प्रकरण अन्तर्राष्ट्रिय भएकाले ढाकछोप गरिए मुलुकलाई घात हुने बताए।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिसकेकाले बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने बताए। खाँण हाल प्रहरी हिरासतमा छन्।

उनले भने,'यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ भन्ने म भन्न सक्दैनँ। कांग्रेसकै मात्रै नभएर देशको अवस्था नाजुक भएर जान्छ।  यो मुद्दा नेपालभित्र मात्रै सीमित छैन। यो अन्तराष्ट्रियकरण भइसकेको छ। नेपालका प्रहरीले जुन तागत पाइसकेका छन् त्यो त्यसै आएको होइन भन्ने पनि बुझौं।'

'भ्रष्टाचारको यो जालोले भोलि क-कसलाई हान्छ त्यो आफ्नो ठाउँमा छ।  यो मुद्दालाई अलिकति कमजोर बनाएर अरू मुद्दाहरू ल्याइएला कि भन्ने चिन्ता लागेको छ। त्यतातिर पनि ध्यान दिन जरूरी छ,'उनले भने,' यो मुद्दा नेपालको सार्वभौमिकतामाथि नै प्रहार भइरहेको छ। देशका नागरिकहरूलाई अनागरिक बनाएर मानव बेखविखन गर्नेभन्दा लज्जास्पद केही हुन सक्दैन।'

उनले नक्कली भुटानी शरणार्थी प्रकरणले देशकै शीर निहुरिएको र राष्ट्रघाती काम भएको भन्दै घटनाका दोषीलाई कुनै पनि हालतमा छोड्न नहुने बताए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.