स्याउको कार्टुनमा गाँजा तस्करी गर्ने चार जना पक्राउ

स्याउको कार्टुनमा गाँजा तस्करी गर्ने चार जना पक्राउ
सुन्नुहोस्

वीरगन्ज : बारामा लागू ओैषध गाँजासहित चार जना पक्राउ परेका छन्। 

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका-८ स्थित सडकमा मे१ख २३२२ नम्बरको यात्रुबाहक बसमा प्रहरीले चेकजाँच गर्दा १३ किलो ५०० ग्राम गाँजासहित ४ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा मकवापुरको मनहरी गाँउपालिका वडा नम्बर ८ ज्यामिरेका ३४ वर्षिीय राजकुमार भन्ने चन्द्र बहादुर मोक्तान, झापाको  मेची नगरपालिका वडा नम्बर ६ शान्तिटोलका ४६ वर्षीय शंकर दाहाल, सोही ठाउँका ३४ वर्षीय बिनोद कुमार पोखरेल र रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का २४ वर्षीय अर्जुन गौतम रहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

मकवानपुरको हेटौंडाबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको मे१ख २३२२ नम्बरको यात्रु बाहक बसलाई रोकेर चेकजाँच गर्दा उक्त बसको सिट मुनी स्याउको कार्टुनभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागु औषध गाँजा १३ किलो ५०० ग्राम फेला परेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

गाँजा र बससहित उनीहरूलाई नियन्त्रणमा लिएर लागु औषध मुद्दामा म्याद थप गर्ने लगायतको थप अनुसन्धान कार्य भइरहेको बोगटीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.