रायमाझी, खाँणसहित १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
पूर्वगृह मन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो।
यो प्रकरणमा अहिलेसम्म पक्राउ परेका १३ जनाको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सकिएको छ। बयान नसकिएकाले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको काठमाडौं प्रहरी परीसरका प्रवक्ता सीताराम रिजालले अन्नपूर्णलाई जानकारी दिए।
प्रहरीले उनीहरूविरुद्व संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ। कानुन अनुसार प्रहरीले यस मुद्वाको अनुसन्धान प्रतिवेदन ६० दिनभित्र बुझाइसक्नुपर्ने हुन्छ।