भ्रष्टचारीलाई कारबाही माग गर्दै वीरगञ्जमा जनमतको प्रदर्शन
वीरगन्ज : नक्कली भुटानी शरणार्थीलगायतका भ्रष्टचार प्रकरणबारे निष्पक्ष छानबिन गर्न माग गर्दै जनमत पार्टी पर्साले बुधबार वीरगञ्जमा प्रदर्शन पनि गरेका छ।
नक्कली भुटानी शरणार्थी, मधेस सरकारको छात्राहरूलाई साइकल वितरण, छोरी शिक्षा बीमा, पोखरी सौन्दर्यकरण कार्यक्रमलगायतमा भएका भ्रष्टचार प्रकरणबारे सुक्ष्म तरिकाले छानबिन गरेर त्यसमा संलग्न रहेका सबैलाई कारबाही गरी उनीहरूको सम्पत्ति जफत गर्नुपर्ने माग गर्दै जनमत पार्टीले प्रदर्शन गरेको हो।
प्रदर्शनका क्रममा जनमतका नेता कार्यकर्ताले भ्रष्टचारका घटनाबारे छानबिन गरिरहेका प्रहरीलाई खुट्टा नकमाउन आग्रह गर्दै घण्टारमा तैनाथ नेपाल प्रहरीलाई फुल गुच्छाले सम्मान पनि गरेका थिए।