भारु नोटको प्रतिबन्ध हटाउन मेयर सिंहको माग

भारु नोटको प्रतिबन्ध हटाउन मेयर सिंहको माग
सुन्नुहोस्

वीरगन्ज : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नेपालको व्यपार व्यवसाय र पर्यटन क्षेत्रलाई पुन चलायमान बनाउन नेपालमा भारतीय ५ सय र २ हजार दरका नोटमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन्। 

नेपाल भारत उद्योग वाणिाज्य संघ वीरगञ्ज च्याप्टरको पदास्थापन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले यस्तो बताएका हुन्। उनले नेपालमा २५ हजारभन्दा बढी भारु लिएर आउन नपाउने नियमपनि हटाउनुपर्ने बताए। सिंहले भने, 'जबसम्म यो नियम हट्दैन, नेपालमा भारतीय मुद्रामाथि लगाइएको कडाइ खुल्ला हुँदैन, तबसम्म वीरगञ्ज क्षेत्रको व्यपार व्यवसाय र यहाँको पर्यटन क्षेत्र पुन लयमा फर्किन सक्दैन।'

सीमा नाकामा खटिने नेपालका प्रहरीको गोजी भारी बनाउने नियतले यस्तो अव्यवहारिक नियम लगाइएको हुनसक्ने मेयर सिंहको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.