बर्दियामा अनसनरत सांसद गौतमको स्वास्थ्य अवस्था जटिल बन्दै

बर्दियामा अनसनरत सांसद गौतमको स्वास्थ्य अवस्था जटिल बन्दै
सुन्नुहोस्

गुलरिया : बर्दियाको समग्र विकासका लागि सरकारसँग १५ बुँदे मागसहित बबई नदीको जब्दीघाटस्थित भत्किएको पुलमुनी आमरण अनसनमा बसेका संघीय सांसद संजयकुमार गौतमको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। 

अनसनको छैठौ दिन पुग्दा शरीरमा तागत मौज्दात सकिएपछि अनसनरत गौतमको स्वास्थ्य अवस्था जटिल बनेको हो। 

गौतमले खान बन्द गरेपछि शक्ति क्षिण हुँदा शरीरले लिभर, कलेजो, आन्द्रा प्रयोग गरी इनर्जी उत्पादन गर्दा युरिन किटोनको मात्रा शून्य हुनुपर्नेमा बढेर ३ प्लस पुगेको बर्दिया अस्पताल गुलरियाका प्रमुख एवम् गौतमको नियमित स्वास्थ्य परीक्षणमा खटिएका डाक्टर सुभाष पाण्डेयले बताए। उनलाई तत्काल ग्लुकोज चढाउन डा. पाण्डेयले सुझाव दिएका छन्।

गौतमको ब्लड, पिसाब लगायतको चेकजाँच गर्दा लिभर फंसन बिग्रिएको र युरिन किटोनले नराम्रो संकेत गरेको हुँदा समयमै सजग हुन चिकित्सकीय सुझाव छ। पानी, खाना, कार्बोहाइड्रेटको कमी देखिएको उनले बताए। 

उनको बर्दिया अस्पताल मार्फत आवश्यक सेवा दिन प्राविधिक कठिनाइ रहेको बताउँदै डाक्टर पाण्डेले खानाको विकल्प खाना हुने बताए। 

जब्दीघाटको भत्किएको पुलको स्पान लगायतका संरचना हटाई तुरुन्त पुल निर्माण सुरु गर्नुपर्ने, गुलरियामा तटबन्धको बाँकी काम नियमित गर्नुपर्ने, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना तीन वर्षमा पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ तेलपानी सुर्खेत सडक यसै आर्थिक वर्षदेखि निर्माण सुरु गर्नुपर्ने लगायतका माग छन्। माग पूरा नभएसम्म अनसन जारी रहने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.