आयुर्वेद स्वास्थ्य शिविरमा ३६२ लाभान्वित
स्याङ्जा : अर्जुनचौपारी गाउँपालिकाले निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
शिविरमा ३ सय ६२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। साथै परीक्षण गराएकालाई औषधि पनि वितरण गरिएको छ।
शिविरमा स्वास्थ्य केन्द्रका प्रमुख वरिष्ठ कविराज निरीक्षक देवेन्द्र आचार्य, डा. उत्सव पौडेल, डा. तुलसी श्रेष्ठ र डा. समिक्षा लामिछानेको सहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षणसहित औषधि वितरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
५