विदेशमा रहेका नेपाली नागरिकले निर्वाचनमा मतदान गर्न पाउने सरकारको घोषणा
काठमाडौंः सरकारले नागरिकता सम्बन्धी समस्या अविलम्ब समाधान गर्ने घोषणा गरेको छ। संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यथाशीघ्र नागरिकता समस्या हल गरिने बताएका हुन्।
उनले अब विदेशमा रहेका नेपाली नागरिकले आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताए। एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने सरकारले घोषणा गरेको छ।