टिपरको ठक्करबाट बालिकाको मृत्यु, स्थिति तनावग्रस्त

टिपरको ठक्करबाट बालिकाको मृत्यु, स्थिति तनावग्रस्त

उदयपुर :  उदयपुरमा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ। 

मदन भण्डारी राजमार्गको चतरापुल–बेल्टार खण्डमा निर्माण सामग्री ढुवानी गर्ने टिप्परको ठक्करबाट बेलका नगरपालिका-४ को लालबजारकी एन्जिला राना मगरको मृत्यु भएको हो। 

बालिकाको मृत्यु भएपछि घटनास्थल क्षेत्र तनावग्रस्त बनेको हो। आक्रोशित भीडले राजमार्गमा चल्ने दुई वटा टिपर र बेलका नगरपालिकाको पानी बोक्ने ट्याक्टरमा आगो लगाएका छन्। 

आगो निभाउन गएको चौदण्डीगढी नगरपालिकाको बारुण यन्त्रमा समेत आक्रोशित स्थानीयले तोडफोड गरेपछि दमकल त्यतिकै फर्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घटना इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीमाथि समेत आक्रमण गरेकाले सदरमुकाम गाईघाटबाट थप प्रहरी टोली परिचालन गरिएको छ । 

बालिकालाई ठक्कर दिने प्रदेश नम्बर २–०३ ख ४३०९ नम्बरको टिप्पर र चालक इलाका प्रहरी कार्यालय रामपुरको नियन्त्रणमा रहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.