मुस्ताङमा तिजी पर्व
मुस्ताङ : उपल्लो मुस्ताङको बिष्ट र गुरुङ समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी बिहीबार सकिएको छ।
यो पर्व उपल्लो मुस्ताङको दुई गाउँपालिकाको संयुक्त धार्मिक पूजा हो। तिजीमा लामा र भिक्षुहरूले धार्मिक पूजाका साथै देवीदेवताका मुकुट पहिरिएर नृत्य प्रस्तुत गर्ने गर्छन्।
तिजी पर्व विशेषत मुस्ताङी राजाको वशंज नहराओस्, भरिलो होस् ,शान्ति छाओस् र कतै अनिष्ठ नहोस् भन्ने मनोकामना गर्ने गरिन्छ।
कोरोना कहर तथा विभिन्न कारणवश मुस्ताङी २६ औं पुस्ताका सांस्कृतिक राजा झिग्मे सिङ्गे पलवर विष्टले सन् २०१९ को तिजी पर्व अवलोकन गरेपछि सहभागी हुन सकेका थिएनन्।
यसपटक मुस्ताङी सांस्कृतिक राजा बिष्टले त्यहाँका नागरिकसँग प्रत्यक्ष साक्षात्कार गर्दै तिजी पर्वको अवलोकन गरे।
उपल्लो मुस्ताङको तिजी पर्वले धार्मिक पर्यटन प्रवर्द्धनमा ठूलो पुगेको छ। तिजी अवलोकन गर्न ४४२ जना विदेशी पर्यटक लोमान्थाङ पुगेका थिए।