सांसद गौतमले जुस पियर तोडे अनसन

सांसद गौतमले जुस पियर तोडे अनसन

गुलरिया : संघीय सांसद एवम् पूर्व सिँचाइ मन्त्री संजयकुमार गौतमले आठौं दिनमा अनसन तोडेका छन्। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अनसनमा उठाइएका १५ बुँदे मागहरू सरकारले पूरा गर्ने लिखित सहमती गर्दै जुस पिलाएपछि गौतमले अनसन तोडेका हुन्। 

सम्झौताअघि दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालयमा वार्ता गरिएको थियो। वार्तापछि मन्त्री सहितको टोली अनसनस्थल पुगेर सम्झौता आदानप्रदान गरेका हुन्। 

मन्त्री ज्वालाले अनसनका क्रममा उठाइएका सबै मागहरू पूरा गर्ने प्रतिवद्धता गरे। गौतमले उठाएका सबै माग बर्दियाली जनताको पक्षमा रहेकाले प्रधानमन्त्रीदेखि राज्यका सबै नेतृत्वमा रहेका नेताहरूको मन्जुरीमा सरकार माग पूरा गर्न प्रतिबद्ध भएको उनको जिकिर थियो। 

जेठ महिनादेखि जब्दीघाटको नयाँ पुल निर्माणको टेण्डर प्रक्रिया सुरु गरिने मन्त्री ज्वालाले प्रतिबद्धता गरेका छन्।

संसदमा पटक पटक माग राखे पनि पूरा नभएको र अनसनपछि पूरा गर्ने प्रतिबद्धता आएपछि सांसद गौतमले खुशी व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.