प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस्, पुर्नलेखन गर्नुस् : ओली

प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस्, पुर्नलेखन गर्नुस् : ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन्। आइतबार प्रतिनिधि सभामा बोल्दै एमाले अध्यक्ष ओलीले प्रस्तावित नीति तथा कार्यक्रमले देश र जनताबारे केहि नबोलेको भन्दै फिर्ता लिएर पुर्नलेखन गर्न सरकारलाई आग्रह गरेका हुन्। 

ओलीले भने,‘एमालेले तपाईहरुलाई सहयोग गर्छ बरु पुनर्लेखनमा तर, प्रस्तावित नीति तथा कार्यक्रममा जनता र देशका समस्याबारे केहि बोलेको देखिएन,फिर्ता लिनुस्।’

ओलीले सरकारमा सहभागि नभएका प्रतिपक्ष दलले नीति तथा कार्यक्रम पास गर्न असहयोग गर्‍यो भन्नुभन्दा सच्चाउन आग्रह गरे।

संघीयतालाई मजबुत बनाइयो भनिएपनि त्यसो नभएको उनले बताए। ओलीले भने, ‘संघियता सबैलाई साथ दिएर हिंड्ने प्रवृत्ति हो। खोइ समन्वय ? राष्ट्रिय समन्वय परिषद्को बैठक नै बसेको छैन।’

ओलीले भने, ‘प्रधानन्यायाधीश चाहियो की चाहियो भनिएको छ। यो २३ महिना संवैधानिक परिषद्को बैठक बोलाइएन। मानौं की एमालेकै कारण प्रधानन्यायाधीश नियुक्ति नभएको भनेर प्रचार गरिएको छ। के यहि हो लोकतन्त्र ? कमजोरी आफूले गर्ने दोष अर्कालाई दिने।’ वैदेशिक सम्बन्धलाई व्यक्तिका हित उपयोग गर्ने साधन बनाउन खोजिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.