प्रधानमन्त्रीलाई ओलीको प्रश्न : दातृ निकायको बैठकमा राजस्व संकलन गर्न कठिनाई भयो भन्न मिल्छ ?

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : दातृ निकायको बैठकमा राजस्व संकलन गर्न कठिनाई भयो भन्न मिल्छ ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय समुदायसँगको बैठकमा राजस्व संकलन कठिनाई भएको भनेको भन्दै आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले दातृ निकायको ब्रिफिङमा देशको राजस्व संकलन गर्न कठिनाई भइरहेको भन्ने मिल्छ भन्दै प्रश्न गरेका हुन् ।

ओलीले भने,‘अन्तर्राष्ट्रिय समुदायसँगको बैठकमा प्रधानमन्तीज्यूले राजस्व संकलन कठिनाई भएको भन्न मिल्छ । यो सरकारको नीति तथा कार्यक्रम असफल दस्तावेज हो । सरकार समस्या समाधानका लागि बनेको हो । समस्यालाई दोष लगाएर सरकार उम्कीन मिल्दैन ।’

ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतसँग खुलस्त कुरा राख्नुपर्ने बताए । ओलीले भने,‘प्रधानमन्त्रीज्यू केहिदिनमै भारत भ्रमण गर्दै हुनुहुन्छ । भारत मित्र राष्ट्र हो । भारतसँग खुलस्त कुरा राख्नुपर्छ । काँतरमन र चिसोपन राख्नुहुँदैन । आफ्ना इस्सीयू खुलेर राख्नुपर्छ । मित्रसँग मित्रतापूर्ण ढंगले आफ्ना कुरा राख्नुपर्छ । राष्ट्रिय हितका मुद्दामा खुलस्त रुपमा प्रधानमन्त्रीज्यूले राख्नुपर्छ । प्रधानमन्त्रीज्यूले लिम्पीयाधुरा,कालापानी र लिपुलेकबारे खुलेर कुरा राख्नुपर्छ । कालापानी क्षेत्रमा नयाँ संरचना बन्दै गरेको समाचार आइरहेको छ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.