कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोलौं : ओली

कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोलौं : ओली
सुन्नुहोस्

ओलीले सरकार भ्रष्टाचार नियन्त्रणमा कस्सिएझैं गरे पनि भ्रष्टाचार नियन्त्रणमा प्रतिवद्ध नभएको बताए।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नुपर्ने बताएका छन्। एमाले अध्यक्ष ओलीले इतिहासका कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्न आम राजनीतिक दललाई आग्रह गरेका हुन्। 

ओलीले भने, ‘सरकार भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धताबाट उम्किन खोजेको जस्तो देखिन्छ। भ्रष्टाचार र अख्तियार दुरुपयोग गरेका इतिहासको कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोलौं। भ्रष्टाचारको फाइल खोलौं। एकपटक इच्छाशक्ति देखाऔं। त्यसलाई साझा इच्छाशक्ति बनाऔं। सबै एकबद्ध हुनुपर्छ। भ्रष्टाचार भ्रष्टाचार नै हो।’

ओलीले सरकार भ्रष्टाचार नियन्त्रणमा कस्सिएझैं गरे पनि भ्रष्टाचार नियन्त्रणमा प्रतिवद्ध नभएको बताए। ओलीले भने, ‘मलाई पत्यार लाग्दैन सरकारले सबै भ्रष्टाचार नियन्त्रण गर्छ। सरकार भ्रष्टाचार नियन्त्रणमा कस्सिए झै गर्छ। सरकार भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धताबाट उम्किन खोजेको जस्तो देखिन्छ। भ्रष्टाचार र अख्तियार दुरुपयोग गरेका इतिहासको कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोलौं। एकपटक इच्छाशक्ति देखाऔं। त्यसलाई साझा इच्छाशक्ति बनाऔं। सबैले एकबद्ध हुनुपर्छ। भ्रष्टाचार भ्रष्टाचार नै हो।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.