नीति तथा कार्यक्रम अन्तरविरोधहरुको संगालो हो : राजकिशोर यादव

नीति तथा कार्यक्रम अन्तरविरोधहरुको संगालो हो : राजकिशोर यादव
सुन्नुहोस्

काठमाडौं : सांसद राजकिशोर यादवले नीति तथा कार्यक्रम अन्तरविरोधहरुको संगालो भएको बताएका छन्। सोमबार नीति तथा कार्यक्रममाथि भाग लिँदै उनले भइरहेको कामलाई टालटुल गरेर नयाँ नेपाल नबन्ने धारणा राखेका हुन्।

उनले अहिलेको समस्या यो हो यसरी अगाडि बढ्नुपर्छ भनेर नीति तथा कार्यक्रम नआएको बताए। ‘हिजो हामीले गरेका बाचा किन पूरा भएन को-को दोषी थिए ? जे सुकै गल्ति गरेपनि छुट हुने यो चरित्रले हामी कसरी अगाडि बढ्न सक्छौं ? ’उनले प्रश्न गरे। 

यादवले नेपाली जनता दोहोरी हेर्न नचाहेको बताए। उनले मधेशसँग सौताको व्यवहार भइरहेको बताए।

यादवले अरु त बेच्न बाँकी नरहेको भन्दै चुरेलाई पनि सरकारले नछोड्ने भन्दै प्रश्न गरे। उनले भने,‘चुरे संरक्षण भनेर अरबौं रकम खर्च गरिसकेको छ। ४२ नम्बरको बुँदा हेर्ने हो भने अरु त बेच्न बाँकी रहेन अब चुरेलाई पनि नछोड्ने ?’

यादवले चुरे लाइफ लाइन भएको स्पष्ट पारे। उनले भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्री र गृह मन्त्रालय नै बिचौलियाको इसारामा संलग्न हुन्छ भने कसको विश्वास गर्न सकिन्छ भन्दै प्रश्न गरे।

यादवले दातृ निकायसँग समन्वय नगरी अगाडि बढ्न नसक्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.