जंगलको आगो गाउँ पस्दा प्युठानमा ११ घर जलेर नष्ट, २ जना घाइते

जंगलको आगो गाउँ पस्दा प्युठानमा ११ घर जलेर नष्ट, २ जना घाइते
सुन्नुहोस्

बुटवल : प्युठानको स्वर्गद्वारी नगरपालिका-२ धनवाङको प्रगतिशील सामुदायिक वनमा लागेको आगो गाउँ पस्दा ११ घर र आठ वटा गोठ जलेर नष्ट भएका छन्। 

शनिबार राति लागेको आगो आइतबार धनवाङको गाउँमा पसेको नगरपालिकाका उपमेयर मिनराज रानामगरले जानकारी दिए। आगलागीमा परी स्थानीय दुई जना घाइते भएका छन्। स्थानीय ७६ वर्षीय वीर बहादुर कामी र पिमा परियार घाइते भएका छन्। 

वीर बहादुरको पाल्पा र पिमाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको रानामगरले बताए।

स्थानीय शेर बहादुर सुनार, सवरी सुनार, पिमा परियार, विष्णी परियार, हस्त बहादुर रोका, मिना घर्ती, ओम बहादुर घर्ती, गमती घर्ती, दिपक पुन, कमन रोका र सुशीला विकको घर जलेको छ। आगलागी पीडितहरूलाई बारीमा त्रिपाल टाँगेर राखिएको उपमेयर रानाले जानकारी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.