सडक निर्माणमा ढिलाइ भएपछि स्थानीयको डेलिगेसन

सडक निर्माणमा ढिलाइ भएपछि स्थानीयको डेलिगेसन
सुन्नुहोस्

जोमसोम : सडक निर्माणमा ढिलाइ भएपछि जोमसोमवासी कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनामा डेलिगेसन गएका छन्। 

राष्ट्रिय गौरवको सडक अन्तर्गत बेनी-जोमसोम चौथो खण्डको जोमसोम क्षेत्रमा सडक निर्माणमा ढिलाइ गरेको भन्दै करिब ५० जना स्थानीय डेलिगेसनका लागि कार्यालय पुगेका हुन्। 

जोमसोम क्षेत्रका स्थानीयवासीको नेतृत्व गर्दै पूर्व प्रदेश सांसद महेन्द्रबहादुर थकाली, वडाध्यक्ष यमप्रसाद थकाली, गाउँ मुखिया देवसिंह ताङ्वे लगायतका स्थानीयले करिडोर सडकको ध्यानाकर्षण गराएका छन्। 

उनीहरूले आयोजना प्रमुख जगत प्रजापति समक्ष निर्माणाधीन जोमसोमको सडक लामो समयदेखि अलपत्र, अस्तव्यस्त रहेको र सडक निर्माण सुस्त भएको बताए। 

समयमा नै निर्माणको काम नसकिँदा समस्या सिर्जना भएको स्थानीय बताउँछन्। सडक निर्माणको काम २०७४ सालदेखि सुरु भएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.